शिक्षामा नयाँ बहस : ‘समता-प्रविधि-अबसर’

काठमाडौँ- विद्यालय शिक्षासँगै विद्यार्थीले हासिल गर्ने ज्ञानलाई कसरी समान अबसरमा लैजान सकिन्छ भन्ने विषयमा युवाहरुले नयाँ मोडेलको शुरुवात गरेका छन ।

नेपालको शिक्षालाई विश्व भरिका अन्य बिकसित देशका शिक्षा प्रणालीसँग प्रतिशपर्धि बनाउन कैलाश राज पाण्डे र हिमाल राज पाण्डेले यो नयाँ अभियान शुरु गरेका हुन ।

उनीहरुले संचालन गरेको प्रोजेक्ट सपना भन्ने नमूना कार्यक्रमले फरक पृष्ठभूमिबाट विद्यालय शिक्षा सकेका विद्यार्थीहरुलाई रोजगारी र अन्य अवसरमा समान रुपले प्रतिश्पर्धी बनाउन सफल भएको अनुसन्धानले पुष्टि गरेको छ ।

सरकारी वा निजी विद्यालय जुनमा पढेको भएपनि दुबै खाले विद्यार्थीले चाहेको ज्ञान, शीप र रोजगारीको अवसर समान हुनुपर्ने तर जानकारीको अभावमा विभेद देखिने गरेको पाइएकोले यो अनुसन्धानबाट विभेद कम गर्न सहयोग पुग्ने कैलाश राज पाण्डेले जानकारी दिनुभयो ।

काठमाण्डौको कंकाली माध्यमिक विद्यालयमा उनीहरुले पाइलट प्रोजेक्ट संचालन गरेर अनुसन्धानलाई अघि बढाएका थिए । १७ जना विद्यार्थीहरुमा उनीहरुको इच्छा र शीपलाईसँगै लिएर प्रारम्भ गरिएको अनुसन्धानपछि आएको परिवर्तनलाई पाण्डेद्वयले श्रव्यदृश्यमा उतारेका थिए ।

अनुसन्धानको उपलव्धीलाई देशव्यापी बनाउन उनीहरुले नेपालका शिक्षाविद्हरु र सरोकारवाला निकायहरुसँग काठमाडौँमा आमने-सामने साक्षात्कार गरे ।

प्रतिश्पर्धी बजारको माग अनुसार कितावी ज्ञानलाई सूचना र प्रविधीसँग जोड्न अध्ययनले सुझाएको छ । साथै विद्यालयको एकल प्रयसाबाट मात्र विद्यार्थीहरुको प्रतिश्पर्धी क्षमता सोचेजस्तो बढाउन नसकिने भन्दै कैलाश र हिमालले सहभागितामूलक सहकार्यको महत्वलाई प्राथिमिकता दिएका छन ।

प्रविधिमा समान पहूँच नहुनु विवदकारी शिक्षाको कारण भएको  भन्दै उनीहरुले यसका लागि प्रविधिमैत्री विद्यालय मात्र नभइ प्रविधिमा काम गर्ने संस्थाहरुसँग सहकार्य आवश्यक भएको सुझाव पनि दिएका छन । नेपाल र नेपाल बाहिरको अबसरका बारेमा जानकारी दिने प्रणाली विद्यालय शिक्षाको मुल पाठ्यक्रममा समेट्नुपर्ने उनीहरुको सुझाव थियो ।

समान प्रविधिको पहूँचबाट समतामूलक शिक्षाप्रणालीको विकास हुनसक्ने पुष्टि गर्दै यसले नेपाली विद्यार्थीको ज्ञान र शीपलाई स्वदेश र विदेश दुबैमा उपयोग गराउन सकिने विश्वास अध्ययनकर्ता मध्येका एक हिमाल पाण्डेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.