अंग्रेज सेनालाई हराएको सम्झनामा जात्रा….(फोटो फिचर)

अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाउने गरिन्छ

पाल्पा– नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । कोभिडका कारण विगत दुई वर्ष औपचारिकता सीमित रथ यात्रा यस पटक भने हर्सोल्लासका साथ मनाइएको हो ।

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१÷०७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं १८७७ देखी प्रत्येक बर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । राष्ट्रियतासँग जोडिएको यो विजय उत्सव पछिल्लो समय स्थानीय स्तरमा मात्र मनाइदा राष्ट्रिय स्तरमा ओझेलमा परेको भन्दै यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन आवश्यक रहेको रण्उजेश्वरी भगवती गुठी ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताउनुभयो ।

बुटवलको जितगढी किल्लालाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा निकाली बजार परिक्रममा गर्ने भाकल गरेका थिए । सोही भाकल अनुसार प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन विजय उत्सव मनाउने गरिन्छ । युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १९७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको इतिहासविद् निर्मल श्रेष्ठको भनाइ छ ।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । ऐतिहासिक रथ यात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउका लागि संघीय सराकारले समेत पहल गर्न सके यसको गरिमा अझ बढ्न सक्ने स्थानियवासीले बताएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.