आगामी निर्वाचनमा एमालेले वहुमत नल्याए देश वर्वाद हुने ओलीको टिप्पणी

झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने वताउनुभएको छ ।

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले आउँदो मंसिर ४ गतेको निर्वाचन देशलाई अघि बढाउन र सार्वभौमसत्ता दिलाउनका लागि महत्वपूर्ण हुने बताउनु भएको छ ।

झापाको बिर्तामोडमा प्रोग्रेसिभ इञ्जिनियर एशोसिएसन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई बर्बादीबाट बचाउनको लागि आगामी निर्वाचन आवश्यक भएको बताउनु भयो ।

आगामी निर्वाचनपछि एमाले बाहेकको सरकार भए लोकतन्त्र नै समाप्त हुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नागरिकता संसोधन सम्बन्धी विधेयकबारे राष्ट्रपतिले पठाएको पत्रमाथि गठबन्धनले अध्ययन र छलफल नै नगरेको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.