श्रमिकसँग श्रममन्त्रीः श्रमिकका गुनासा मन्त्री आफैँले सुन्ने

काठमाडौं- वैदेशिक रोजगारीमा जाँदा समस्या परी हाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार हुनुहुन्छ ।

वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ । त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो सुन्नु हुनेछ ।

मन्त्री कुँवरले हिजो वैदेशिक रोजगारमा समस्या व्यहोर्नु परेका ९ जनाको गुनासो सुनेर सम्बोधन गर्नु भएको छ । विदेश पठाउछु भनेर म्यानपावर व्यवसायीले ठगेका, श्रम स्वकृति विना विदेश गएका, विदेशमा मृत्यु भएका आफन्तको शव नेपाल ल्याउन गाह्रो भएको गुनासो बढी आएको मन्त्री कुवरले जानकारी दिनुभयो ।

पिडितहरुको गुनासो सुनेपछि उनीहरुको समस्या समाधान गर्न केही कानूनी अप्ठ्यारो रहेको मन्त्री कुँवरको भनाइ थियो । पिडितहरुको गुनासाको सम्बोधन गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने उहाँको भनाई थियो ।

विदेश पठाउने नाममा दलालहरुबाट ठगिएकाहरुको गुनासो यसअघि पनि सुनिदै आएको भए पनि मन्त्रीले नै सिधै गुनासो सुन्न शुरु गरेको यो पहिलो पटक हो । यसअघि मन्त्रालयको कल सेन्टरमा दैनिक २ सय भन्दा बढी गुनासो आउने गरेको मन्त्रालयको तथ्याङक छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.