पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको उद्धार

रुकुम पश्चिम- अविरल वर्षाका कारण आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका -१४, पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिएकी एक बालिकाको भने जीवितै उद्धार गरिएको छ ।

आठबीसकोट नगरपालिका वडानम्वर -१४, का वडाध्यक्ष हुकुम पुनका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका -१, मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् ।

हिजो बिहान जाजरकोटको नलगाड नगरपालिका -१, स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् ।

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडाध्यक्ष पुनले बताउनुभयो । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत अस्पताल लिईएको छ ।

पहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । त्यस्तै जाजरकोट-डोल्पा राजमार्ग समेत अवरुद्ध भएको छ ।

त्यस्तै हिजै जिल्लाको सानीभेरी गाउँपालिका वडानम्वर -५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा वडानम्वर – ३, का दलबीर गुरुङ बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.