त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी : सभामुखको रुलिङ

प्रमुख विपक्षी एमालेले सदन अवरोध गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीप्रति संसदको ध्यानाकर्षण भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठकमा गर्नु रुलिङ विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको भन्दै प्रमुख विपक्षी एमालेले सदन अवरोध गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो । ‘यस विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुखले सभामा भन्नुभयो ।

सभामुखको रुलिङ पछि बैठक सुचारु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.