अनाधिकृत रुपमा निर्माण गरिएका टहरा भत्काउन सुरु

रसुवा- लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र भित्र सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरिएको छ । लाङटाटाङ राष्ट्रिय निकुन्जले पहिलो चरण अन्तर्गत मैलुङ स्याफ्रुबेसि सडक छेउमा जग्गा अधिग्रहण गरी बनाईएका टहराहरु हटाएको हो ।

निकुन्जको जग्गामा केही बर्ष अघिदेखि सडक छेउमा खुद्रा पसल सञ्चालन गरी बसेका एघार वटा टहरा हटाईएको हो । अनाधिकृत रुपमा जथाभावी बनाईएका संरचनाले मानिसहरुको आवतजावत बढ्दा लोपउन्मुख बन्यजन्तुले बासस्थानसँगै चरिचरन समेत फेर्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटराईले बताउनुभयो ।

अनाधिकृत संरचनाले प्रकृतिक श्रोतको दोहन हुने हुँदा पारिस्थितिकीय प्रणलीमा असर पर्ने भएकाले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको निकुन्ज क्षेत्रमा बनाईएका अन्य संरचना पनि हटाईने अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुन्ज क्षेत्रभित्र जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै निकुन्जले इजाजत बिना निर्माण भएका घरटहरा हटाउने तथा निर्माण नगर्न समेत आग्रह गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.