पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पाल्पा- गएराति वर्षासँगै पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय पाल्पा दिएको जानकारी अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो । वर्षासँगै लेदो र डुंगा खसेपछि रातिदेखि अवरुद्ध सडक बिहानैदेखि पहिरो पन्छाएर खोलिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिनुभयो ।

राजमार्गको तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित झुम्सा र हेडबक्स नजिकै खसेको पहिरो पन्छाएर सवारी आवागमन भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.