निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु, संविधान बाहिर नगएको दाबी

काठमाडौं– महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिइरहेको छ ।

महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिइरहेको छ ।

सुरुवाती बयानमा राणाले आफूले संविधान र कानून बाहिर गएर कुनै कामकारबाही नगरेको दाबी गर्नुभयो । उहाँले आफूपछिको वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग लगाएको जिकिर गर्नुभयो ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्वनमा हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.