सिरहाको २ र बाराको एक क्षेत्रबाट उपेन्द्र यादवको नाम सिफारिस

सप्तरी– जनता समाजवादी पार्टी (जसपा) सिरहाले अध्यक्ष उपेन्द्र यादवको नाम दुई वटा क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस गरेको छ ।

जिल्लाको क्षेत्र नम्बर १ र २ बाट उहाँको नाम सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । दुई बटै क्षेत्रिय कमिटीको बुधबार बसेको बैठकले अध्यक्ष यादवसहितको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

जिल्ला अध्यक्ष यादवका अनुसार क्षेत्रिय कमिटीको निर्णय जिल्ला कमिटीमा आइसकेको र यसबारे छलफल समेत सुरु भइसकेको छ ।

यसअघि बारा क्षेत्र नम्बर २ कमिटीले पनि अध्यक्षको नाम सिफारिस गरिसकेका छन् ।

यस्तै सप्तरी क्षेत्र नम्बर २ र ३ बाट पनि अध्यक्ष यादवको नाम सिफारिस हुने स्रोतले जानकारी दिनुभयो । स्रोतका अुनसार जसपा जिल्ला कार्यसमितिले दुई दिन भित्र बैठक बसेर नाम टुगो लगाउने छ ।

अध्यक्ष यादव २०७४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । सबैतिर नाम सिफारिस भइरहदा अध्यक्ष यादव भने कहाँबाट चुनाव लड्ने भन्ने विषयमा बोलेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.