गृहमन्त्री खाँण रुपन्देही २ र ३ बाट सिफारिस

रुपन्देही- गृहमन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि मन्त्री खाँणको नाम सिफारिस भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।

नेता खाँण ४ पटक सांसद, ३ पटक मन्त्री र १ पटक राज्यमन्त्री बनिसक्नु भएको छ ।

यसअघि ३ पटक प्रत्यक्ष र १ पटक समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा र संबिधान सभा सदस्य बन्नु भएका मन्त्री खाँण ३ पटक पार्टीको केन्द्रीय सदस्य, नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष तथा नेपाल बिद्यार्थीका संघका पनि पुर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.