आज सहमति हुने गरी सिट बाँडफाँटको संख्या र मापदण्डलाई अन्तिम रुप दिंदै कार्यदल

काठमाडौं- सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित रहेको थियो ।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरुले बताउनु भएको छ ।

गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ-आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.