डेंगु फैलन थालेपछि सचेतना अभियान

काठमाडौँ-  तिब्र गतिमा फैलँदै गइरहेको डेंगु र स्क्रवटाइफस लगाएत अन्य किट जन्य रोगबाट बच्नका लागि धादिङमा स्वास्थ्यसम्वन्धि जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

पहिलो चरणमा वातबरणीय सरसफाइ गर्ने र सचेतना मुलक कार्यक्रमसहित नीलकण्ठ नगरपालिकाको बजार क्षेत्रबाट कार्यक्रमको  सुरुवात गरिएको हो ।

दुई महिना एता डेंगु रोगले महामारीको रुप लिँदै जान थालेपछि धादिङमा विभिन्न स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु सुरु गरिएको हो ।

रोगको नियन्त्रण र लामखुट्टेको बसस्थान नष्ट गर्नका लागि धादिङका स्थानीयहरु लागिपरेका छन् ।

दुई वर्ष अघदेखि धादिङमा देखा परेको यस रोगको प्रकोप अहिले निकै तिब्र गतिमा फैलदै गएको छ ।
अहिले नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर तीनबाट सचेतना मुलक कार्यक्रमसहित लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान नै सुरु भएको वडा नम्वर तीनका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

पहिलो चरणमा घर ओरपरका झाडी र लामखुट्टेले फुल पार्न सक्ने पानी जमेका स्थान सफा गर्ने र पुराना टायरहरु नष्ट गर्ने काम भएको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.