कोरोना सङ्क्रमण विस्तारै ओरालोतिर

आज १ सय १९ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० सङ्क्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन् ।

सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा दुई हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.