समानुपातिक उम्मेदवार छान्दै दलहरु

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचना जारी गरेसँगै राजनीतिक दलहरु समानुपातिक तर्फको उमेदवारको नामावली तयार गर्न गम्भीर गृहकार्यमा जुटिरहेका छन।

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज २ र ३ गते बुझाउन सूचना जारी गरेसँगै दलहरू समानुपातिक उम्मेदवार छान्न गृहकार्यमा जुटेको हो ।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेपनि असोज १६ गतेभित्र दलहरुले बन्द सूचीका नाम फेरबदल गर्न सक्ने सुविधा दिइएको छ । यो सुविधा अनुसार दलहरुले आयोगको प्रक्रियाअनुसार असोज ३ भित्र निवेदन दिएपछि मात्रै कति दल समानुपातिक निर्वाचनमा सहभागी हुन्छन् भन्ने एकीन हुने निर्वाचन आयोगको जनाएको छ।आयोगले दल दर्ताका लागि यसअघि दिएको समयसीमामा प्रतिनिधि सभातर्फ ७६ दलले निर्वाचनमा सहभागी हुन निवेदन दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्यका लागि पनि फरक फरक संख्यामा दलहरु दर्ता भएका छन् । जसमा केही दलले एकै चुनाव चिह्न लड्न संयुक्त निवेदनसमेत दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.