‘सिट बाँडफाँट सहमति नजिक’

काठमाडौं- सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँटको बिषयमा गठबन्धन दलहरु सहमतिको नजिक रहेको बताउनु भएको छ ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य बिषयमा पनि सहमतिका साथ निर्वाचनमा जाने दावी गर्नुभयो ।

राजनीतिक स्थायीत्व नभएसम्म, देशको बिकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकमा स्थायित्व र समृद्धि दिने बताउनुभयो । सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.