पहिरो जाँदा अछाममा ९ जना वेपत्ता

अछाम- तुर्माखाँद गाउँपालिका–५, नाडामा पहिरो जाँदा तीन परिवारका ९ जना वेपत्ता भएका छन् । पहिरोले दुई घर पुरिएका छन् ।

गएराती नाडाको काँडाचौर गाँउमा गएको पहिरोले स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनिषा शाही र छोरी बिमला शाही वेपत्ता भएका हुन् । पहिरोमा रितबहादुर शाही (रिठे) कि बुहारी भावना शाही, कमला शाही तथा छोरा सून्दर शाही र उनकी दुई नातिनी पनि वेपत्ता छन् ।

त्यस्तै काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही पनि पहिरोमा हराएकी छन् । पहिरोले नेत्रबहादुर शाहीका घरका सबै सदस्यहरु वेपत्ता छन् भने रितबहादुर शाहीका दुई बुहारी, दुई नातिनी र एक छोरा पहिरोमा परेका छन् भने अन्य सबै रोजगारीका लागि भारतमा रहेका छन् ।

नेत्र र रितबहादुर शाही दुबैका घरहरुमा पूर्ण रुपमा पहिरोले क्षति गरेको छ भने स्थानीय मिनबहादुर शाहीकी छोरी जानकी शाही साथीसँग बास बस्न नेत्र शाहीको घरमा गएका बेला पहिरो जाँदा उनी पनि वेपत्ता भएकी हुन् ।

स्थानीय टोपेन्द्र शाहीका अनुसार पहिरोले अन्य के कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन् । विस्तृत विवरण आउन बाँकी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.