पहिरो अपडेट: मृत्यु हुनेको संख्या २२ पुग्यो, बेपत्ताहरुको खोजी जारी

अछाम- अछाममा पहिरोले घर पुरिँदा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । पहिरोमा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ । बेपत्ता भएका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अछामको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिँदा सो हताहती भएको स्थानीय प्रसाशनले जनाएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी घाइते भएका ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.