दलहरुले बुझाए समानुपातिक सूची

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन आयोग पुगेको थियो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुग्नुभएको थियो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो ।

एमालेले पनि रघुजी पन्तसहितका नेताहरुलाई राखेर बन्दसूची बुझाएको छ ।

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची पेस गरेको छ ।

माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, सचिव लीलामणि पोखरेल, कोषाध्यक्ष श्रीराम ढकाल र नेता मुक्ति प्रधान समानुपातिक सूची लिएर आयोग पुग्नुभएको थियो । सङ्घ र प्रदेशतर्फको समानुपातिकको पूर्णसूची आयोगमा पेस गरिएको माओवादी नेता डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जसअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाको नाम पेस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.