राष्ट्रपतिको कदमबारे गठबन्धनको संयुक्त विज्ञप्ती, राष्ट्रपतिले संसदको अपमान गरेको ठहर

काठमाडौं– सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संघीय संसदको घोर अपमान र अवमूल्यन गरेको ठहर गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि गठबन्धनका चार दलले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदमको विरोध गरेका हुन् ।

विज्ञप्तीमा नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको उल्लेख छ ।

विज्ञप्तीमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

गठबन्धनका दलहरुले राष्ट्रपतिको कदमले नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको बताउँदै संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार गरेको ठहर गरको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.