कानुनविद्सँग परामर्श गर्दै सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धन दलले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दैछ । गठबन्धनका शीर्ष नेताले अहिले केहिबेरपछि बालुवाटारमा कानुनविद्सँग परामर्श गर्न लागेको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासहित, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताको आज बिहान बसेको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो ।

संविधान बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएर दोस्रो पटक सिफारिस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्दछ। तर, राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने म्याद गएराति सकिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.