२०६४ सालमा वितरण भएका नागरिकता विरुद्ध पर्सामा उजुरी दर्ता हुने क्रम बढ्दै

पर्सा- नागरिकता सम्बन्धी कसुर मुद्दा दर्ता हुने क्रम पर्सामा ह्वात्तै बढेको छ । झुठा प्रमाणका आधारमा विदेशीले नेपालको नागरिकता प्राप्त गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता हुने क्रम दोब्बरले वृद्धी भएको छ ।

आर्थिक वर्ष २०७७-०७८ मा कुल ६७ वटा उजुरी दर्ता भएको तुलनामा चालु आर्थिक बर्षको दुई महिनामै २५ देखि ३० वटासम्म उजुरी दर्ता भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०६३-०६४ मा टोली खटिएर वितरण भएका नागरिकता विरुद्धमा सबै भन्दा बढी उजुरी दर्ता भएको बताउनुभयो । त्यसै आर्थिक वर्ष २०७५-०७६ देखि आब २०७७-०७८ सम्ममा दर्ता भएका ७८ वटा उजुरीमाथि छानविन गरी कार्यवाही प्रकृया अगाडी बढाउन गत वर्ष नै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रचार गरिएको सह प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

झुठा विवरण पेश गरी लिएका १२ जनाको नागरिकतालाई गत वर्ष जिल्ला प्रशासन कार्यालय पर्साले बदर गरेको छ । व्यक्तिगत रिसवी तथा अन्य स्वार्थ पुरा गर्ने उदेश्यले २०६३-०६४ मा वितरण भएका नागरिकता विरुद्ध बढी उजुरी दर्ता हुनेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.