बसको ठक्करबाट गजुरीमा स्कूले बालकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

धादिङ– पृथ्वी राजमार्गको गजुरी बजारमा एक स्थानीय बालकलाई बसले ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

स्थानीय विजय परियार विद्यालय जाँदै गरेको बेला बाटो क्रस गर्ने क्रममा जेव्रा क्रसिङमा नै बसको ठक्करमा ज्यान गएको हो । काठमाडौंबाट गोर्खातर्फ जाँदै गरेको ग१ख ४५६५ नम्वरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बालकको मृत्युपछि स्थानीयको आक्रोसित भिडले बसमा तोडफोड र आगजनी गरेको छ । मृतक बालक गजुरी स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यानरत विद्यार्थी हुन् ।

स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध गर्दै चालकलाई कारबाही र बालकका परिवारलाई क्षतिपूर्ति माग गरेका छन् । गाडी चालक भने भागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.