मकवानपुर र रुकुम पूर्वमा वस दुर्घटना: १२ जनाको मृत्यु

मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
वसमा ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।
यसैबीच रुकुम पूर्वमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । थप विवरण आउन बाँकी छ ।।
प्रतिक्रिया राख्नुहोस्