पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन- पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.