१४ महिनादेखि पोखरा–बाग्लुङ सडक एकतर्फी

कास्की– पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुरकोटमा सडक भासिँदा विगत १४ महिनादेखि सडक एकतर्फीमात्रै सञ्चालन हुँदै आएको छ ।

करिव एक सय मिटर सडक भासिएको वर्ष वितिसक्दा समेत हालसम्म निर्माण तथा मर्मतमा कुनै निकायको ध्यान पुग्न सकेको छैन।

सडक भासिँदा आवातजावतमा असहजता हुनुका साथै विशेष गरी ठूला तथा मालबाहक सवारी साधनलाई निकै सकस हुने गरेको छ ।

सडक भासिएको वर्ष दिन भए पनि मर्मतमा कसैको चासो छैन ।

घट्टेखोलादेखि नयाँपुलसम्मको कुल २५ किलोमिटर सडक दुई वर्ष अघि मात्रै काठमाडौं स्थित एपेक्स् कन्स्ट्रक्सनले ८५ करोड रुपैयाँ लागतमा मध्यपहाडी लोकमार्गका रुपमा स्तरोन्नती सम्पन्न गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.