६० वटा जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

काठमाडौं– लामखुट्टेको टकाईबाट सर्ने डेंगु रोग नियन्त्रणकालागि मुलुकका १३९ पालिका र ६० वटा जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०६१ सालमा पहिलो पटक देखिएको डेंगु रोग हालसम्म ७६ वटा जिल्लामा देखिएको छ । डेंगुका कारण साउन महिना यता मात्र २१ हजार ३ सय ५२ जना बिरामी भएको र २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डेंगु रोगका कारण सबैभन्दा बढी बागमती प्रदेशमा १६ हजार २ सय भन्दा बढी र सबैभन्दा कम कर्णाली प्रदेशमा २२९ जना बिरामी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.