कैलालीमा मोहनाको बाढीमा फसेका २९ जनाको उद्दार

कैलाली– अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका २९ जनाको उद्दार गरिएको छ । धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आईतबार साँझ करीब ६ बजे अचानक बाढी आउँदा २९ जना बाढीमा फसेका थिए ।

फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने दोभान क्षेत्रमा फसेकाहरुको उद्धार गरिएको धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालले जानकारी दिनुभयो । पहिलो लटमा १६ जनाको र दोस्रो लटमा १३ जनाको सकुसलै उद्दार गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किसन टेरले जानकारी दिनुभयो ।

अँध्यारो भइसकेको समयमा नदीमा फसेकाहरुको आवाजको भरमा उद्दार गरिएको टेरले बताउनुभयो । उनीको उद्दार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले गरेको हो । सो क्षेत्र नदी तटीय क्षेत्र हो । नदी पारि गाई वस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.