इङल्याण्डको जीत

काठमाडौं- पाकिस्तान भ्रमणमा रहेको इङल्याण्डले निर्णायक टि-ट्वान्टी आइ खेलमा जित निकाल्दै श्रृखला आफ्नो बनाएको छ ।

पाकिस्तानको कमजोर फिल्डिङको फाइदा उदाउँदै इङ्ल्याण्डले ६७ रनको सानदार जित निकाल्दै श्रृखला जितेको हो । पाकिस्तानको लाहोरमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली इङ्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रनको विशाल लक्ष्य खडा गरेको थियो । इङ्ल्याण्डका लागि डाविड मलानले ४७ वलमा सर्वाधिक ७८ रनको अविजित पारी ख्ल्दा ह्यारी ब्रोक २९ बलमा ४६ रनमा अविजित रहे ।

२ सय १० रनको विजय लक्ष्य बोकेर व्याटिङमा उत्रिएको पाकिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रनमा समेटिएपछि पाकिस्तान पराजित भएको हो । ७ वटा टि-२० आइ खेलेको श्रृखलामा इङ्ल्याण्डले ४-३ को अग्रता कायम गर्दै पाकिस्तान माथि जित निकाल्न सफल भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.