दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं– मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्वाचित हुनुभएको हो ।

कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् ।

मनाङेलाई बुधबार नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिनुभयो ।

मनाङे २०७४ मा पनि एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित हुनुभएको थियो ।

गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.