निर्वाचनमा सबै नागरिकको सहभागिता अनिवार्य : गृहमन्त्री खाँण

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाँणले आवधिक निर्वाचन योग्य र सक्षम जनप्रतिनिधि चयन गर्ने अवसर भएकोले निर्वाचनले लोकतन्त्र सुदृढ हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुने आम निर्वाचनमा सबै नेपाली नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले सक्षम र लोकतन्त्र पक्षधर उम्मेदवारलाई मतदान गर्न सबैलाई आग्रह गर्नु भयो ।

रुपन्देहीको सिद्धार्थनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खाँणले मुलुकमा बिद्यमान राजनैतिक अस्थिरता, बेरोजगारी, भूमिहिन सुकुम्बासी र नागरिकता लगाएतका समस्या समाधानका लागि लोकतान्त्रिक र स्थायी सरकार आवश्यक रहेको बताउनु भयो ।

मुलुकलाई आर्थिक बिकासको मार्गमा प्रबेश गराएर समस्त नेपालीको समृद्धिको सपना पुरा गर्न योग्य र सक्षम जनप्रतिनिधिको आवश्यकता रहेको चर्चा गर्दै रुपन्देहीलाई मुलुककै आर्थिक राजधानीका रुपमा बिकास गर्ने लक्ष रहेको बताउनु भयो ।

सरकारको महत्वाकांक्षी आयोजनाका रुपमा रहेको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको काम यथाशिघ्र शुरुहुने जानकारी गराउदै मन्त्री खाँणले १ हजार भन्दा बढि उद्योग स्थापना गर्न सकिने सो औद्योगिक क्षेत्रको बिवाद छिट्टै स्थानीयको सहमतिमा समाधान गरिने समेत बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.