किसानलाई फूल नबिक्ला भन्ने चिन्ता

चितवन- चितवनका फूल किसानहरु सयपत्री फूलले बजार नपाउला भन्ने चिन्तामा छन् ।

चितवनका फूल व्यवसाय किसानहरुले २ बिगाह देखि ४ बिगाहा सम्ममा सयपत्री फूल खेती गरेका छन् ।

सयपत्री फूलमा चितवन ८० देखि ८५ प्रतिशतसम्म आत्मनिर्भर रहेको छ ।

तिहारलाई लक्षित गरेर उत्पादन गरेको सयपत्री फूललाई भारतबाट आउने सयपत्री फूलले विस्थापित गर्ने पीर किसानहरमा छ । जसले गर्दा उत्पादन गरेको फूल बिक्री नहोला भन्ने चिन्ता रहेको भरतपुर महानगरपालिका-९ की लक्ष्मी सापकोटालाई छ ।

सापकोटाले समुहमा मिलेर ४ कठ्ठा जमिनमा सयपत्री फूल खेती गर्नुभएको छ ।

तिहारलाई लक्षित गरेर चितवनमा करिब ५० देखि ६० बिगाहमा सयपत्री फूल खेती भएको फ्लोरिकल्चर एशोसियशन चितवनले जनाएको छ ।

सयपत्री फूलको माल ८० देखि १ सय रुपैँयासम्ममा प्रतिमाला बिक्री गर्न पाए किसानहरु मर्कामा नपर्ने किसानहरुले बताएका छन् ।

भारतबाट आएको माला सस्तो बिक्री भएको खण्डमा किसानहरुले उत्पादन लागत पाउन समेत कठिन हुने उनीहरुको भनाइ छ ।

चितवनमा करिब ५ लाख मालाको माग छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.