बेलायती प्रधानमन्त्री ट्रसको राजिनामा

काठमाडौँ- बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिनुभएको छ ।

प्रधानमन्त्री नियुक्त भएको ४५ दिनमा उहाँले पदबाट राजिनामा दिनुभएको हो ।

प्रधानमन्त्री नियुक्त भएको छोटो अबधिमा प्रधानमन्त्री ट्रसले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको स्वीकार्दै राजिनामा दिनुभएको बिबीसीले जनाएको छ ।

राजिनामा दिने क्रममा प्रधानमन्त्री ट्रसले आफू प्रधानमन्त्री हुँदा विश्वले भोगिरहेको चुनौति र बेलायतले सामान गरेको आर्थिक मन्दीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सिंगो युरोपलाई नै क्षति पुर्‍याउने गरी युक्रेनमाथि रुसले गरिरहेको आक्रमणको ठूलो असर बेलायतमा पनि परेको उल्लेख गर्नुभयो ।

कन्जरभेटिभ पार्टीको नेताको हैंसियतमा आफूले पाएका जिम्मेवारी निर्वाह गर्न नसकेका कारण आफूले राजिनामा दिएको उहाँले जानकारी दिनुभयो।

उहाँले अर्को साता कन्जरभेटिभ पार्टीको अधिवेशनले नयाँ नेता चयन गर्ने बताउनुभयो ।

बेलायतको इतिहासमा सबैभन्दा छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी ट्रस पहिलो प्रधानमन्त्री हुनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.