निर्वाचन आयोगमा आज पनि जरिवाना बुझाउन सकिने

काठमाडौं– खर्च विवरण नबुझाई जरिवानामा परेका तर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाहरुले आज जरिवाना बुझाउन सक्ने भएका छन् ।

आज शनिबार सार्वजनिक बिदाको दिन समेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेहरुलाई आयोगले जरिबाना बुझाउन भनेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.