नयाँ व्यवस्थापनमा संचालन हुँदै लमजुङको नमुना सामुदायिक अस्पताल

लमजुङ- लमजुङको सुन्दरवजारस्थित नमूना सामुदायिकअस्पताल नयाँ व्यवस्थापनसहित संचालन हुने भएको छ।  मानवविकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले यस अस्पतालको व्यवस्थापन तथा संचालन गर्ने भएको हो ।

गण्डकी प्रदेश सरकारले जिल्लाअस्पताल व्यवस्थापन स्वामित्वलिएसँगै एचडिसिइसले नमूना सामुदायिकअस्पतालसञ्चालन गर्ने भएको हो ।
जिल्लाअस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरवजारको सामुदायिकअस्पताल सञ्चालनगर्ने गरी शनिवार सम्झौता समेत भएको छ ।

विगत २२ वर्षदेखि जिल्लामादिदै आएको स्वास्थ्य सेवालाई निरन्तरतादिने उद्देश्य सहितनमुना सामुदायिकअस्पताल सञ्चालनगर्न लागिएको एचडिसिएसका सस्थापक डा. तिर्थ थापाले बताए ।

‘हामीले करिव २२ वर्षसम्मजिल्लामा स्वास्थ्य सेवादियौँ’ डा थापाले भने ‘यो सेवालाई निरन्तरतादिनकालागिअव सुन्दरवजारको नमुनाअस्पतालमाआएका छौँ, हाम्रो सेवानिरन्तर रहनेछ ।’

अस्पताल सञ्चालनका सन्दर्भमाआगामी सन् २०२३ को जनवरी १ देखि लागु हुनेगरी ३० वर्षका लागि सम्झौता भएको छ । सुन्दरवजार नगरपालिकाप्रमुख कृष्णप्रसाद कोईराला, एचडिसिइसका सस्थापक डा. थापा, अस्पतालविकास समितिका सस्थापकअध्यक्षसिताराम कोईराला, सल्लाहकार समितिसंयोजकअम्विका प्रसाद पण्डित लगायतको रोहवरमासम्झौताभएको हो ।

एचडिसिएसका तर्फबाट निर्देशककपिलशर्मा र अस्पतालकातर्फबाट परमेश्वर अधिकारीले सम्झौतामाहस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चातप्रतिक्रियादिँदै एचडिसिएसका निर्देशककपिलशर्माले दुई दशकभन्दा बढि समय जिल्लाअस्पतालमा सेवाप्रवाहगर्दा नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको र अव नमुना सामुदायिकअस्पतालको सेवाप्रवाहलाई पनिउत्कृष्ट बनाउने बताए ।

अस्पतालको आवश्यकताअनुसार पुर्वाधार र उपकरण व्यवस्थापनगर्ने र सो भेगका बासिन्दालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने सँस्थाको लक्ष्य रहेको निर्देशकशर्माको भनाई थियो ।

‘जिल्लाअस्पतालको निम्तीजुनलगानी गर्यौ प्रभावकारी स्वास्थ्य सेवाकालागित्यहिप्रकारले यहाँपनि गछौँ’ शर्माले भने ‘यहाँको आवश्यकताअनुसार हामी योजनाबनाउदै सेवा सुविधाथप्दै जान्छौँ ।’

२०६७ सालमा समुदायस्तरबाट सप्ताह महायज्ञ लगाएर रकम संकलन गरी नमुना सामुदायिकअस्पताल स्थापनाभएको थियो ।

अस्पतालव्यवस्थापनचुनौतिपुर्णबन्दैगएको र एचडिसिएस र प्रदेश सरकारको सम्झौता खारेज भएको अवस्थामा सोही स‌ंस्थालाई सञ्चालनगर्न आग्रह गरीएको नमुना सामुदायिकअस्पतालविकास समितिअध्यक्ष परमेश्वर अधिकारीले बताए ।

‘हामी समुदायबाट अस्पताल सञ्चालनगर्नु कम चुनौतिपूर्ण थिएन’अध्यक्षअधिकारीले भने ‘जनताको स्वास्थ्य सेवाकालागिहामीले राम्रो साझेदार खोजेका थियौँ, एचडिसिएस जस्तो सफलअनुभवी साझेदार पायौँ, हामीले नै उहाँहरुलाई आग्रह गरेका हौँ ।’
दुई सँस्थाविच२५ बुँदे सम्झौता भएको छ ।

सम्झौता अनुसार नमुनासामुदायिकअस्पताल सञ्चालन र व्यवस्थापनको स्वामित्व अव एचडिसिएसले लिने छ भने समुदायव्यवस्थापन र नितिगतव्यवस्थापनका सन्दर्भमाअस्पताल विकास समितिले जिम्मेबारी लिने भएको छ ।

अस्पतालबाट स्वास्थ्य सेवा सँगै निकट भविष्यमा स्वास्थ्य सम्बन्धि विबिध कार्यक्रम सञ्चालनगर्ने एचडिसिएसले जनाएको छ ।

१५ शैयाको नमुना सामुदायिकअस्पतालमाहालसघन कक्ष,आकास्मिककक्ष,प्रयोगशाला सहितपाँच करोडको लागतमा निर्माण भएको संरचनाहरु छन् ।

अस्पतालले आकस्मिक सेवा, ओपिडि सेवा, ल्याव, एक्सरे, भिडियो एक्सरे, प्रसुति सेवासहित प्रभावकारी दन्त सेवाप्रदान गर्दै आएको छ । नया व्यवस्थपानसँगै यो अस्पताल १५ शैयाबाट ५० शैयामा संचालन हुने नमूना सामुदायिक अस्पताल विकास समितिले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.