बागी उम्मेदवारी निस्कृय पार्न अधिकतम प्रयास गरिने

काठमाडौं- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले गठबन्धनभित्रका बागीको उम्मेदवारी निस्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले सत्तारुढ गठबन्धनमा आबद्ध उम्मेदवारलाई पराजित हुन नदिन गठबन्धनभित्रका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिवालयका सदस्य डा सुरेश आचार्यले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धैरैभन्दा धेरै ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन गठबन्धनका बागी उम्मेदवारलाई निस्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई ध्यानाकर्षणसमेत गरेको छ । बैठकले एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसबारे निर्वाचन आयोगलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्थिति थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.