देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ: अध्यक्ष ओली

दैलेख- नेकपा (एमाले) का अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताउनुभएको छ । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उहाँले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो ।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उहाँले भन्नुभयो, “पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।”

विसं २०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन भएको छैन भन्दै उहाँले त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुआत गरेको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.