गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का पनि हटाइए

पोखरा — गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गर्नुभएको हो । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद हुनुभएको थियो । उहाँमाथि गठबन्धनलाई असहयोग गरेको आरोप छ ।

गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा यसअघि पनि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई हटाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.