डा शेखर कोइरालाद्वारा मतदान

विराटनगर– मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गर्नुभएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.