परिवार दलका अध्यक्ष ढकालद्वारा गोरखामा मतदान

गोरखा- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा आज बिहान ९ : ३० बजे मतदान गर्नु भएको छ।

नेता ढकाल नेकपा एमाले सँगको तालमेलमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार समेत हुनुहुन्छ ।

श्रीमती ब्लेसीको साथै दुई छोरीहरु एस्थर र सिमहा सँगै लिएर मतदान स्थल पुगेका ढकालले मतदान पश्चात प्रतिक्रिया दिदै आवधिक निर्बाचनले लोकतन्त्र बलियो बनाउने र आम नागरिकमा राज्य प्रतिको अपनत्व विकास हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.