सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छ : अध्यक्ष यादव

विराटनगर– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताउनुभएको छ ।

उहाँले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राख्नुभयो । दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उहाँको टिप्पणी थियो ।

विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताउनुभयो । अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.