दाङ– २ मा रेखाको सुरुआती अग्रता, शंकर पोखरेल पछाडि

दाङ– दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले सुरुआती अग्रता लिनुभएको छ ।

दुई हजार सात सय ८० मत गणना हुँदा उहाँले एक हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिको हलमा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.