गोरखा-२ मा दाहालको अग्रता

गोरखा- प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गर्नुभएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गर्नुभएको छ । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.