कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि

कञ्चनपुर- तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राख्नुभएको छ । तीन हजार ८०१ मत गणना हुँदा तामाङले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राख्नुभएको छ । तीन हजार दुई सय मत गणना हुँदा साउदले एक हजार तीन सय २७ मत प्राप्त गनुभएको छ भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले एक हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नौ हजार ४४१ मत गणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक चार हजार आठ सय ५९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले दुई हजार छ सय ७९ मतसहित लेखकलाई पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.