मोरङ–३ मा शर्मा अगाडि

मोरङ–मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिनुभयो ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले नौ सय छ मत प्राप्त गर्नुभएको छ ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै मोरङ–३ (१) मा मानबहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका लिम्बुले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनुभएको छ भने राप्रपाका तीर्थबहादुर गुरुङले एक सय १० मत प्राप्त गर्नुभएको छ ।

मोरङ–३ (२) मा सत्ता गठबन्धनका नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ ।सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.