सिरहा–३ मा एमालेका श्रेष्ठको अग्रता कायमै

सिरहा– सिरहाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट एमालेका उम्मेदवार तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले जारी मतगणनामा आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले दुई हजार आठ सय ७६ मत प्राप्त गर्नुभएको छ ।

उत्त क्षेत्रमा सत्ता गठबन्धबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वनाथ साहले दुई हजार ९६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले छ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

एमाले नेता श्रेष्ठ २०७४ सालको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । विसं २०७० सालको संविधानसभाको निर्वाचनमा उहाँ सिरहा–५ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.