मनोज बस्नेत भए युथ युनेस्को क्लब युएसएको अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकार

क्यालिफोर्निया- अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ ।

१० वर्षदेखि क्यालिफोर्निया राज्यमा युवाहरूको विकासका लागि रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै क्लबले बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको हो ।

‘मिडिया क्षेत्रमा लामो अनुभव भएका उनको अन्तर्राष्ट्रिय स्तरका मिडिया हाउससँग निकै राम्रो सम्बन्ध छ,’ क्लबका अध्यक्ष रिमेश खनालले भन्नुभयो, ‘त्यहि भएर हामीले उनलाई क्लबको अन्तर्राष्ट्रिय मिडिया सल्लाहकारमा मनोनयन गरेका हौँ ।’

१५ वर्षदेखि मिडिया उद्योगमा सक्रिय रहेका उनले नेपालका ठूला मिडिया हाउसको नेतृत्व गर्नुभएको छ । डिस्ट्रिक्ट रिपोर्टरका रूपमा मिडिया उद्योगमा काम गर्न थालेका उहाँ हाल कान्तिपुर पब्लिकेसन्स लिमिटेडको बिक्री वितरण विभागमा विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

क्लबका अध्यक्ष खनालले आगामी दिनमा क्लबको कार्यक्षेत्र अमेरिकाभर विस्तार गर्दै युवा केन्द्रित कार्यक्रम गरी विश्वभर क्लबका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.