गुल्मी २ मा गोकर्ण विष्टको ह्याट्रिक जित

गुल्मी– गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका गोकर्ण बिष्टले ह्याट्रिक जित निकाल्नुभएको छ । विष्टले २८४८५ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले बताउनुभयो ।

विष्टका प्रतिस्पर्धी एकीकृत समाजवादीबाट गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले २६४४१ मत ल्याएर पराजित हुनुभयो । विष्टले २०४४ मतान्तर ल्याएका हुन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा त्यस निर्वाचन क्षेत्रमा गठबन्धन बलियो देखिए पनि कडा चुनौतिका बिच विष्टले ह्याटिक जित निकाल्नुभएको हो । विष्टले ०५६ सालमा तत्कालिन गुल्मी ३ र हालको २ बाट निर्वाचन जिते पनि ०६४ मा भने पराजित हुनुभएको थियो । तर ०७०, ०७४ सालका निर्वाचन लगातार जित्नुभयो । यसक्षेत्रमा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.