एमाले सचिव योगेश भट्टराई विजयी

ताप्लेजुङ– नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी हुनुभएको छ ।

साझा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई हराउँदै भट्टराई विजयी हुनुभएको हो ।

भट्टराईले २१९४३ मत पाउँदा बुडाक्षेत्रीले २१७३५ मत पाउनुभयो ।

भट्टराई २०७४ सालमा पनि ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो ।

ताप्लेजुङमा मतगणना सुरु भएदेखि नै निरन्तर अग्रता लिइरहेका गठबन्धनका उम्मेदवार बुडाक्षेत्रीलाई अन्तिम ६ हजार मत गणनामा हराउँदै भट्टराईले जीत निकाल्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.