समानुपातिकतर्फ एमालेले साढे ४ लाख कटायो, दोस्रोमा कांग्रेस, रास्वपा तेस्रो स्थानमा

काठमाडौं- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली काँग्रेसले अग्रता लिइरहेका बेला समानुपातिकतर्फको मतगणनामा भने नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले ४ लाख ५२ हजार ७ सय ३० मतप्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको काँग्रेसले ४ लाख १६ हजार १ सय ८४ मत प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत २ लाख ३४ हजार ७ सय ४७ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि १ लाख ९२ हजार ७ सय ४२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पाँचौ स्थानमा रहेको राप्रपाको १ लाख २३ हजार ९ सय ९ मत रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.